ग्लोबल आइएमई बैंकको पाँचबर्से ऋण पत्र निष्कासन, वार्षिक ११.२५ प्रतिशत ब्याजदर

हिमाल प्रेस १ फागुन २०७९ १५:१४ | Monday, February 13, 2023
ग्लोबल आइएमई बैंकको पाँचबर्से ऋण पत्र निष्कासन, वार्षिक ११.२५ प्रतिशत ब्याजदर

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले पाँच वर्षे अवधिको डिबेन्चर निष्कासन गरेको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको एक हजार प्रति ऋण पत्र अंकित मूल्यका ५० लाख कित्ता ऋण पत्र निष्कासन गरेको हो।

निष्कासन गरिएको कुल ऋण पत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋण पत्र सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्कासन गरिएको ऋण पत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिने छ। यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋण पत्र खरिद गर्न सक्नेछन्।

ऋण पत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम् १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋण पत्र फागुन १४ गतेसम्म खुला हुनेछ। यसमा वार्षिक ११.२५ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।

बैंकले ऋण पत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज् क्यापिटल लिमिटेडलाई तोकेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितो पत्र बोर्डबाट अनुमति पत्र प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित: १ फागुन २०७९ १५:१४ | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast