चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०८३ ६:२९ | Saturday, November 21, 2026
4
SHARES
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ- काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

शुक्रबार साँझ ६ बजे भएको सो दुर्घटनामा कञ्चनपुर, बेलौरी बस्ने अन्दाजी २५ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौँ जिल्ला, कीर्तिपुर बस्ने अन्दाजी ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन् ।

चौधरीको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको हो । वाइबाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ मंसिर २०८३ ६:२९ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast