कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १५ असार २०८३ १२:११ | Monday, June 29, 2026
10
SHARES
कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ- काठमाडौँको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।

प्रकाशित: १५ असार २०८३ १२:११ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast