काठमाडौँ- कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय युवकको मृत्यु भएको छ। तौलिहवाबाट बहादुरगंज गइरहेको युपी ५५ एवाई ०८३९ नम्बरको भारतीय मोटरसाइकल दुर्घटनामा परेको हो।
महाराजगंज नगरपालिका–६ भलवारी चोक नजिकै डिभाइडरमा ठोक्किँदा मोटरसाइकल दुर्घटना हुँदा भारतको उत्तरप्रदेश सिद्धार्थनगर ढेबरुवा थाना कमरियाग्राम घर भएका ३१ वर्षीय संजय मौर्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मौर्यको उपचारका क्रममा कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो।
प्रकाशित: ३ वैशाख २०८३ ७:४० | Thursday, April 16, 2026
प्रतिक्रिया



