काठमाडौँ- काठमाडौँ उपत्यका झनै चिसिएको छ। शुक्रबार ८.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) ८.३ डिग्री सेल्सियस देखिएको हो।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको हो। तापक्रम घटेकाले काठमाडौँ झनै चिसो महसुस भएको हो।
प्रकाशित: ५ मंसिर २०८३ ६:२६ | Saturday, November 21, 2026
प्रतिक्रिया



