फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य हुँदैन : ओली

हिमाल प्रेस ४ मंसिर २०८३ १८:०२ | Friday, November 20, 2026
फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य हुँदैन : ओली नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय प्रतिनिधिसभा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै जनप्रतिनिधिले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र वैशाखको अन्तिममा स्थानीय निर्वाचन हुनुपर्ने बताए।

संविधान बमोजिम पाँच वर्षमा चुनाव हुनुपर्नेमा जोड दिँदै ओलीले निर्वाचनलाई तलमाथि गरेर संविधान मिच्न भ¥याङ बनाउन नहुने धारणा राखे। चुनाव कहिले गर्दा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने स्वार्थभन्दा माथि उठेर संवैधानिक बाटोमै अघि बढ्नुपर्ने उनको भनाइ छ।

ओलीले अरूको कारणले विकासको गति रोकिएको, लोकतन्त्र उल्ट्याइएको र सुशासन बाँडिएको भन्दै ती विषय जनताबीच लैजान प्रतिनिधिहरुलाई निर्देशन दिए।

उनले पार्टीभित्र बसेर उम्मेदवारलाई असहयोग गर्ने वा हराउने प्रवृत्तिलाई एमालेमा ठाउँ नरहेको स्पष्ट पारे। आफू उठे वा अर्को जो उठे पनि पार्टीले उठाएको उम्मेदवारलाई जिताउने नीति लिनुपर्ने र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०८३ १८:०२ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast