काठमाडौँ- रुस भ्रमण सकेर नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल आइपुगेका छन्। सत्तारुढ दल युनाइटेड रसियाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रुस गएका उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधिको सहभागिता रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा संयोजक प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रचण्डले हरेक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताएका थिए।
प्रचण्डले आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने बताएका थिए।
प्रकाशित: ३ मंसिर २०८३ ९:२४ | Thursday, November 19, 2026
प्रतिक्रिया



