उपेन्द्र यादव नेतृत्वको जसपा छाड्ने १८ जनप्रतिनिधिको गयो जनप्रतिनिधि पद

हिमाल प्रेस ३ मंसिर २०८३ ७:५१ | Thursday, November 19, 2026
उपेन्द्र यादव नेतृत्वको जसपा छाड्ने १८ जनप्रतिनिधिको गयो जनप्रतिनिधि पद

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका स्थानीय तहका १८ जनप्रतिनिधिहरूको पद गएको छ। निर्वाचन आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३र०८र०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो।

आयोगका अनुसार वि।सं। २०७९ सालको स्थानीय तहको निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना प्रकाशन गरिएको आयोगले स्पष्ट पारेको छ। जसपा नेपाल विभाजनको असर समेत जनप्रतिनिधिमा परेको देखिन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन हुँदै अशोक राई नेतृत्वमा जसपा बनेको थियो। तर पछि नयाँ जसपाले वैधानिकता पाएन। यही कारण नयाँ जसपातिर गएका जनप्रतिनिधि अलपत्र परेको नेताहरूको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०८३ ७:५१ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast