एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, विद्या भण्डारीले विशेष सम्बोधन गर्ने

हिमाल प्रेस ३ मंसिर २०८३ ७:२७ | Thursday, November 19, 2026
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, विद्या भण्डारीले विशेष सम्बोधन गर्ने

काठमाडौँ- नेकपा एमालेको जारी राष्ट्रिय भेला आज समापन गरिने भएको छ। माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलामा आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

त्यस्तै, भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।

त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३:०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाहरूका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित: ३ मंसिर २०८३ ७:२७ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast