स्वरूप मोडिफाई गरिएका ४०१ दुईपांग्रे सवारी साधन ट्राफिकको नियन्त्रणमा

हिमाल प्रेस १ मंसिर २०८३ १३:०० | Tuesday, November 17, 2026
स्वरूप मोडिफाई गरिएका ४०१ दुईपांग्रे सवारी साधन ट्राफिकको नियन्त्रणमा

काठमाडौँ- नियम विपरीत स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपांग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपांग्रेस सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, चार वटा स्कुटर, दुई–दुई वटा डुकाटी र एमटी, एक–एक वटा डोमिनार र केटिएम डुक तथा आठ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लगायतका दुईपांग्रे सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको ट्राफिक कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए। सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पु¥याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उनले बताए।

उनकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ। यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उनको भनाइ छ।

ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ। विभागले कानुनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उनले जानकारी दिए।

मोडिफाई गरिएका पार्टपूर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उनको भनाई छ। पटक–पटक नियम उल्लंघन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उनले बताए।

प्रकाशित: १ मंसिर २०८३ १३:०० | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast