अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मागे एनभिडियासँग जवाफ

हिमाल प्रेस ३० कार्तिक २०८३ १४:२४ | Monday, November 16, 2026
8
SHARES
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मागे एनभिडियासँग जवाफ

काठमाडौँ- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्‍याएको आशंकामा एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्।सिंगापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशंका गर्दै उनले कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्।

अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो। बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

यसैबीच, एलन मस्कसहित एक लाख ६५ हजारभन्दा बढीले हस्ताक्षर गरेको खुलापत्रमार्फत जेन्सेन हुआङलाई पुनः नेतृत्वमा ल्याउन र स्वतन्त्र अनुसन्धान गर्न माग गरिएको छ।

एनभिडियाका अधिकारी र हुआङ अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष बयान दिन सहमत भएका छन्। स्थायी उत्तराधिकारी चयन नहुँदासम्म वित्तीय प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुखको जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ।

हुआङको ३३ वर्षे नेतृत्व अन्त्य भएपछि एनभिडियाको सेयर मूल्य यस साता १२ प्रतिशतभन्दा बढी घटेको छ। कम्पनीको बजार पुँजीकरण करिब पाँच खर्ब ७३ अर्ब अमेरिकी डलरले घटेको छ। कम्पनीले मंगलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:२४ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast