एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ५ मा, विद्या पनि सहभागी हुने

हिमाल प्रेस १ मंसिर २०८३ १०:२८ | Monday, November 16, 2026
एमालेको केन्द्रीय कमिटी बैठक मंसिर ५ मा, विद्या पनि सहभागी हुने

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। मंसिर ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकको एजेन्डा भने तय भइनसकेको उनले बताए। यो बैठकमा वरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी हुँदैछन्। उनी केही समयअघि मात्रै एमालेको वरिष्ठ नेतामा मनोनीत भएकी हुन्।

एमालेले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला सकिए लगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्न लागेको हो।

आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय भेला हुनेछ। मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ।

प्रकाशित: १ मंसिर २०८३ १०:२८ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast