चीन प्रस्थान गरे रास्वपाका २० नेता

हिमाल प्रेस २९ कार्तिक २०८३ ११:२३ | Sunday, November 15, 2026
चीन प्रस्थान गरे रास्वपाका २० नेता

काठमाडौँ- सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र आन्तरिक कामकारबाहीमा अनावश्यक चासो नराख्ने बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अहिले चीन भ्रमणको लर्को लागेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा गएको छ।

चीनको सत्तारुढ दलको निमन्त्रणामा हुन लागेको भनिएको यो भ्रमणमा पार्टीका २० जना नेता तथा सांसद सहभागी हुनेछन्। ठूलो संख्याको प्रतिनिधिमण्डल ११ दिनसम्म चीनमा केका लागि रहनेछ र त्यसबाट मुलुकले के उपलब्धि हासिल गर्नेछ भन्ने विषयमा भने पार्टीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

पार्टी प्रवक्ता जगदीश खरेलले दुई देशका सत्तारुढ दलबीचको निमन्त्रणाअनुसार भ्रमण हुन लागेको बताएका छन्। भ्रमणको कार्यसूची, खर्चको स्रोत, सहभागी छनोटको आधार र भ्रमणबाट हासिल गरिने उपलब्धिबारे जवाफ आएको छैन।

राजनीतिक दलका प्रतिनिधिमण्डलको विदेश भ्रमण आफैँमा अस्वाभाविक होइन। छिमेकी मुलुकसँग राजनीतिक सम्बन्ध विस्तार र अनुभव आदानप्रदान पनि आवश्यक हुन सक्छ। तर २० सदस्यीय टोलीको ११ दिने भ्रमणको औचित्य पुष्टि गर्नु र त्यसको प्रतिफल जनतासामु राख्नु पार्टीको जिम्मेवारी हो।

विशेषगरी सुशासन, मितव्ययिता र नयाँ राजनीतिक संस्कारको नारा दिएर उदाएको रास्वपाका लागि यस्तो भ्रमण थप प्रश्नको विषय बनेको छ।

पार्टी प्रवक्ता खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने तर सरकारका आन्तरिक कामकारबाहीमा हस्तक्षेप नगर्ने बताएका छन् । गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी विवादमा समेत पार्टीले निर्णय नगर्ने उनको भनाइ छ।

यो पनि

मन्त्रीहरूको विदेश दौडाहा : प्रचार धेरै, उपलब्धि शून्य

प्रकाशित: २९ कार्तिक २०८३ ११:२३ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast