अरू दललाई मत दिने कार्यकर्तालाई कारबाही गर्ने ओलीको चेतावनी

हिमाल प्रेस २८ कार्तिक २०८३ १८:५२ | Saturday, November 14, 2026
अरू दललाई मत दिने कार्यकर्तालाई कारबाही गर्ने ओलीको चेतावनी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता कार्यकर्तालाई कारबाही गरिने बताएका छन्।

एमालेको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेताकार्यकर्तालाई निर्देशन दिए।

उनले पार्टीका सबै तहका नेताकार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए।

प्रकाशित: २८ कार्तिक २०८३ १८:५२ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast