मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

हिमाल प्रेस २८ कार्तिक २०८३ १४:२४ | Saturday, November 14, 2026
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्। बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य भएर सदनमै राजीनामा घोषणा गरेका हुन् ।

सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो ।

सत्ता साझेदार एमाले पश्चात गत कार्तिक २० गते नेकपाकाले पनि सरकारको साथ छाडेको थियो । त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो । यद्यपि उनले कानुनी सुविधा भएका कारण तत्काल राजीनामा भने दिएनन् । एक महिना पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन्।

प्रकाशित: २८ कार्तिक २०८३ १४:२४ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast