विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुटाइयो रकम

हिमाल प्रेस २७ कार्तिक २०८३ ६:११ | Friday, November 13, 2026
विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुटाइयो रकम

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ संकलन गरेको छ।

विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक तह सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बताए।

उनका अनुसार देउसीभैलो कार्यक्रम औपचारिक रूपमा रोकिए पनि विभिन्न व्यक्ति तथा सहयोगदाताले अहिले पनि विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताए। विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि सहयोग गर्न उनले सबैलाई अपिलसमेत गरे।

संकलित रकम यसै शैक्षिकसत्रबाट सञ्चालन गरिएको प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन तथा माध्यमिक तहका शिक्षक व्यवस्थापनमा खर्च गर्ने मुख्य उद्देश्य रहेको प्रधानाध्यापक बुढाले बताए।

माध्यमिक तहको पठनपाठन सञ्चालन गर्न आवश्यक शिक्षक व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा माध्यमिक तहको शिक्षा आफ्नै गाउँमा उपलब्ध गराउने लक्ष्यसहित स्थानीयवासी र सहयोगदाताको सहभागितामा आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको छ।

यस विद्यालयबाट नजिकको सरस्वती माध्यामिक विद्यालय सोही वडामा रहेको छ तर उक्त विद्यालयबाट करिब तीन घण्टाभन्दा बढी समय लाग्छ।

यहाँका अविभावक अनिवार्य माध्यामिक विद्यालय सञ्चालन गर्नुपर्ने प्रस्ताव आएपछि गएको फागुनबाट मात्र माध्यामिक तह (९-१०) सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण शाहीले बताए।

तिहारको सांस्कृतिक परम्परालाई विद्यालयको शैक्षिक विकाससँग जोड्दै सञ्चालन गरिएको यस अभियानले प्रस्तावित माध्यमिक विद्यालय सञ्चालनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ ६:११ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast