जुवातास खेलिरहेका ४४ जना पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८३ १७:४४ | Thursday, November 12, 2026
जुवातास खेलिरहेका ४४ जना पक्राउ फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासमेत ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीलाई रु पाँच लाख ७८ हजार ५५५ र १६ थान कौडासहित पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको छ।

यस्तै तनहुँको भिमाद नगरपालिका-६ रत्नचोकस्थित काठमाडौँ मःम होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई रु एक लाख ५० हजार ५४० र चार बुक ताससहित पक्राउ गरेको हो।

प्रकाशित: २६ कार्तिक २०८३ १७:४४ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast