देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गर्ने थप तीन पक्राउ

हिमाल प्रेस २६ कार्तिक २०८३ १७:२४ | Thursday, November 12, 2026
देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गर्ने थप तीन पक्राउ

काठमाडौँ- देउसी-भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका-७, कञ्चनबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिइएकाहरूमा स्याङ्जाको कपुरकोट गाउँपालिका-८ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका-७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका-६ निवासी २४ वर्षीया बिपना मगर रहेको जनाएको छ।

उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाली मौलिक कला, संस्कृति र सामाजिक मर्यादामा प्रतिकूल असर पर्ने गतिविधिमाथि निगरानी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

यसअघि प्रहरीले अश्लील नृत्य गर्ने २ लाई पक्राउ गरेको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ १७:२४ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast