काठमाडौँ– नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ।
देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादलीको अवस्था रहेको छ भने अन्य भू-भागको मौसम मुख्यतया सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहीबार पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
प्रकाशित: २६ कार्तिक २०८३ ६:४२ | Thursday, November 12, 2026
प्रतिक्रिया



