मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह

हिमाल प्रेस २५ कार्तिक २०८३ ११:४९ | Wednesday, November 11, 2026
मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह

वीरगन्ज- मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्।

यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि बैठक बोलाउन आग्रह गरेका हुन्।

कात्तिक २८ गते दिउँसो १ बजे सदनको बैठक बोलाउनका लागि मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई आग्रह गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

गत असोजमा मधेस सरकारबाट एमाले बाहिरिएको थियो। संसद् बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री यादवले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए ।

 

प्रकाशित: २५ कार्तिक २०८३ ११:४९ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast