काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्स विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
टीयू मैदान कीर्तिपुरमा भएको टसमा पोखराले आफ्नो पहिलो डे म्याचमा ब्याटिङ गर्ने निर्णय गरेको हो। पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदीरा समराविक्रमाको स्थानमा सन्नी बिक, विवेक राना मगर र धनन्जय लक्षण खेलेका छन् ।
त्यस्तै कर्णाली याक्सले दुई परिवर्तन गरेको छ । युनिश सिंह ठकुरी र हुसेन तलतको स्थानमा युवराज खत्री र जिशान आलमलाइ आज मैदान उतारेको छ।
कर्णाली प्लेअफ यात्रामा कायमै रहनका लागि पोखरालाइ हराउने लक्ष्यमा रहँदा जारी लिगमा ४ खेलमा सबै चार हार ब्योहोरेको पोखरा पहिलो जितको खोजिमा मैदानमा उत्रिंदै छ।
जारी एनपीएलमा पाँच खेलबाट लुम्बिनी लायन्स ७ अंक बनाएर शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको काठमान्डुको ४ खेलबाट ६ अंक रहेको छ। त्यस्तै सुदुरपश्चिमको पनि ५ खेलबाट ६ अंक रहेको छ। प्रतियोगितामा ४ खेलबाट चितवन ५ अंक बनाएर चौंथो स्थानमा रहँदा जनकपुर, कर्णाली र विराटनगरले समान ४-४ अंक बनाएका छन्। पोखरा भने प्रतियोगितामा एकमात्र जितविहीन टोलीका रुपमा रहेको छ।



