साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

हिमाल प्रेस २२ कार्तिक २०८३ १७:२८ | Sunday, November 8, 2026
साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोबाट बाहिरिएका छन्। ब्युरोका प्रहरी अधिकारीसँग छलफलपछि उनी बाहिरिएका हुन्।

उनी आइतबार दिउँसो ब्युरोको कार्यालयमा उपस्थित भएका थिए। उजुरी परेपछि साइबर ब्युरोले उपस्थित हुन उनलाई ताकेता गरेको थियो।

साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्युरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए।

उनले सत्तारुढ दल र प्रधानमन्त्री वालेन्द्र शाहनिकट व्यक्तिहरुले कांग्रेस र नेतृत्वमाथि निरन्तर प्रहार गर्दा आफूले त्यसको प्रतिक्रिया दिएको र त्यसै कारण आफूलाई साइबर ब्युरोले बोलाएको उल्लेख गरे।

शिवाकोटीले अहिलेका प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्दा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको रूपमा लिइए पनि, अहिले उनी नै प्रधानमन्त्री भएको बेला उनकै सल्लाहकार र निकटहरूले प्रतिपक्षीको आवाज रोक्न खोजेको बताए।

प्रकाशित: २२ कार्तिक २०८३ १७:२८ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast