गोरखा- गोरखा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत शिरानचोक गाउँपालिका-४ स्थित धर्मावती माध्यमिक विद्यालयको प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा सांसद बुर्लाकोटीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी लिनुका साथै शिक्षक, विद्यार्थी तथा विद्यालय प्रशासनसँग छलफल गरेका थिए।
छलफलका क्रममा उनले विद्यालयको शिक्षण सिकाइको अवस्था, उपलब्ध शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार तथा विद्यालयले भोगिरहेका समस्या र चुनौतीका विषयमा जानकारी लिएका थिए।
विद्यालयको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको समग्र विकासका लागि आवश्यक पहल र समन्वय गर्ने उनले बताए।
विद्यालयको शैक्षिक वातावरण सुधार, पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने उनको भनाइ थियो।



