लुम्बिनी प्रदेश : सात मन्त्रीलाई खुवाइयो शपथ, एक महिनापछि सरकारले पायो पूर्णता

हिमाल प्रेस २९ माघ २०७९ १६:३६ | Sunday, February 12, 2023
लुम्बिनी प्रदेश : सात मन्त्रीलाई खुवाइयो शपथ, एक महिनापछि सरकारले पायो पूर्णता

लुम्बिनी- लुम्बिनी प्रदेशमा सामेल ७ जना मन्त्रीले आइतबार शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आइतबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीलाई शपथ खुवाएका हुन्। मुुख्यमन्त्री लीला गिरीले एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादीबाट ३ र अन्य साना दलबाट एक-एक जना गरी १० जनाको मन्त्रीमण्डल बनाइएको छ।

यसअघि एमाले र माओवादीबाट एक/एक जना मन्त्री नियुक्त भएका थिए। माओवादी संसदीय दलका नेता जोखबहादुर महराले अर्थिक मामिला मन्त्री, इन्द्रजित थारुले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिए। एमालेबाट विष्णु पन्थीले स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन्।

जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिए। यसअघि नियुक्त भएका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसिलाइ आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकिएकी कृष्णा केसी भने शपथग्रहण समारोहमा उपस्थित भइनन्। शनिबार दिउँसो मन्त्रालयको जिम्मेवारीका विषयमा असन्तुष्ट केसीले राजीनामा दिएको हल्ला चलेको थियो।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकार बाहिर रहेका छन्। मुख्यमन्त्री गिरीले गत पुस २८ मा शपथ लिएका थिए।

प्रकाशित: २९ माघ २०७९ १६:३६ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast