एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:३० | Thursday, November 5, 2026
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्। काठमाडौँ  महानगरपालिका–१७, ठमेलमा बस्दै आएका भारतको बिहारका ३२ वर्षीय सोनुकुमार सिन्हालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएल २०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गर्नेरगराउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँबराबरको कारोबार गरेको खुल्न आएको छ । उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । रासस

प्रकाशित: १९ कार्तिक २०८३ १२:३० | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast