काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार बजारमा स्याउ, अनार, केरा, सुन्तला, कागतीलगायत फलफूलको मूल्य निर्धारण गरिएको छ।
आज फुजी स्याउको औसत थोक मूल्य प्रतिकिलो ३२५ रुपैयाँ कायम भएको छ। जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २२५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै अनार प्रतिकिलो ३२५ रुपैयाँ, भारतीय सुन्तला १७५ रुपैयाँ, मौसम १७५ रुपैयाँ र जुनार १७५ रुपैयाँ कायम भएको छ।
नेपाली केरा र मालभोग केराको मूल्य प्रतिदर्जन १२५ रुपैयाँ रहेको छ। कागती प्रतिकिलो २५० रुपैयाँ र निबुवा ५५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
अन्य फलफूलमध्ये लोकल नासपाती प्रतिकिलो २७५ रुपैयाँ, नेपाली मेवा ५५ रुपैयाँ, भारतीय मेवा ९५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ र लप्सी ७५ रुपैयाँ कायम भएको छ।
किवी प्रतिकिलो २५० रुपैयाँ, शरीफा १७५ रुपैयाँ, एभोकाडो २५० रुपैयाँ र अमला ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै काँचो नरिवल प्रतिकिलो ७० रुपैयाँ, हरियो नरिवल १७५ रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४५० रुपैयाँ कायम भएको छ। तरबुजा प्रतिकिलो ७५ रुपैयाँ र भुईँकटहर प्रतिगोटा १७५ रुपैयाँमा बिक्री भइरहेको छ।
काक्रोतर्फ लोकल काक्रो प्रतिकिलो ६२ रुपैयाँ, हाइब्रिड काक्रो २५ रुपैयाँ र लोकल क्रस काक्रो ६२ रुपैयाँ कायम भएको छ।



