गोलभेँडासहित केही तरकारीको मूल्य घट्यो

हिमाल प्रेस १८ कार्तिक २०८३ ९:०७ | Wednesday, November 4, 2026
8
SHARES
गोलभेँडासहित केही तरकारीको मूल्य घट्यो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार कालीमाटी बजारमा गोलभेँडासहित केही तरकारीको मूल्य घटेको छ भने कतिपय वस्तुको मूल्य स्थिर रहेको छ।

आज ठूलो नेपाली र भारतीय गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ। सानो लोकल गोलभेँडाको मूल्य २५ रुपैयाँ र टनेलको सानो गोलभेँडाको औसत मूल्य ५४ रुपैयाँ ४४ पैसा छ।

त्यस्तै, रातो लाम्चो आलु प्रतिकिलो ५७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ८८ रुपैयाँ ६७ पैसा, लोकल गाँजर ८५ रुपैयाँ र लोकल बन्दा ३५ रुपैयाँ कायम भएको छ।

स्थानीय काउली र हाइब्रिड मुला प्रतिकिलो ३५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, डल्ले भन्टा ४५ रुपैयाँ तथा तने बोडी ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी मकै बोडी ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, लोकल परबल ५५ रुपैयाँ, तितो करेला ८५ रुपैयाँ र घिरौँला ३५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

हरियो डल्ले फर्सी ३५ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ३० रुपैयाँ र पालुंगोको साग १०० रुपैयाँ प्रतिकिलो रहेको समितिको सूचीमा उल्लेख छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १०८ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ २८२ रुपैयाँ ८६ पैसा कायम भएको छ। कुरिलो ७५० रुपैयाँ र ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८३ ९:०७ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast