इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग छर्लङ्ग पारेको कांग्रेस महामन्त्रीको आरोप

हिमाल प्रेस १८ कार्तिक २०८३ ८:०४ | Wednesday, November 4, 2026
6
SHARES
इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग छर्लङ्ग पारेको कांग्रेस महामन्त्रीको आरोप

काठमाडौँ- नेपाली कांग्रेसकी महामन्त्री डा.डिला संग्रौला पन्तले इनम सापकोटा प्रकरणले वर्तमान सरकारले सत्ताको दुरुपयोग गरिरहेको तथ्य उजागर गरेको आरोप लगाएकी छन्।

उनले देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने विषयमा समेत आम नागरिक अन्योलमा पर्न थालेको भन्दै मुलुकमा सुशासनभन्दा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गरेकी छन्।

सामाजिक तथा राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै महामन्त्री संग्रौलाले लोकतन्त्रको सतत पहरेदार नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्ने प्रयास भइरहेको आरोप लगाइन्। सत्तापक्षले गरेका गल्तीहरू क्रमशः सार्वजनिक हुँदै जाँदा त्यसको वास्तविकता बाहिरिने र सत्तापक्षलाई जवाफ दिन कठिन हुने उनको भनाइ छ।

प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भन्ने विषय जिम्मेवार सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले यसबारे सत्ता र सत्तारूढ दलले जवाफ दिनुपर्ने बताइन्।

उनले प्रतिपक्षलाई मात्रै प्रश्न गर्ने राजनीतिक प्रवृत्तिमाथि प्रश्न उठाउँदै भनिन्,‘कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ?’

प्रकाशित: १८ कार्तिक २०८३ ८:०४ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast