तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

हिमाल प्रेस १७ कार्तिक २०८३ १४:२० | Tuesday, November 3, 2026
8
SHARES
तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच मंगलबार भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा व्याटिङ गर्दै विराटनगर किङ्ग्सका खेलाडी। तस्बिर : रासस

काठमाडौँ- इमरान सेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको सहयोगमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई एक सय ७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा तीन विकेट गुमाएर एक सय ७४ रन बनाएको हो।

विराटनगरका लागि इमरान सेखले ५६, लोकेश बमले ५० र आन्द्रे रसेलले ५२ रन बनाएका थिए। एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।

एनपीएलमा लोकेशको दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्ध ८७ रन बनाएका थिए।

ओपनर सेहान जयसूर्या टोलीको स्कोर दुई रन हुँदा पहिलो ओभरमै आउट भएपछि क्रिजमा आएका इमरानले लोकेशसँग दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए।

आक्रामक ब्याटिङ गरेका रसेलले २९ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा अविजित ५२ रन बनाए। शुभम् रञ्जाने सात रनमा अविजित रहेका थिए।

बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।

प्रकाशित: १७ कार्तिक २०८३ १४:२० | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast