काठमाडौँका यी स्थानमा आज पनि जानेछ बत्ती

हिमाल प्रेस १७ कार्तिक २०८३ ७:०२ | Tuesday, November 3, 2026
4
SHARES
काठमाडौँका यी स्थानमा आज पनि जानेछ बत्ती

काठमाडौँ– आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

सूचना प्रकाशित गर्दै प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहने जानकारी गराएको छ।

निर्धारित समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ७:०२ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast