पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द हुने

हिमाल प्रेस १७ कार्तिक २०८३ ६:५९ | Tuesday, November 3, 2026
4
SHARES
पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने भनिए पनि काम सम्पन्न हुन नसकेपछि आजका लागि पुनः समय निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा सडक प्रयोगकर्तालाई आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गर्न पनि अनुरोध गरेको छ ।

 

प्रकाशित: १७ कार्तिक २०८३ ६:५९ | Tuesday, November 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast