नेपाल टेलिकमले माग्यो ८० कर्मचारी, नवौँ तहदेखि जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुला

हिमाल प्रेस १३ कार्तिक २०८३ ९:५४ | Friday, October 30, 2026
26
SHARES
नेपाल टेलिकमले माग्यो ८० कर्मचारी, नवौँ तहदेखि जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुला

काठमाडौँ- नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

टेलिकमले आज सूचना जारी गर्दै लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन खुलाएको जनाएको छ।

टेलिकमले नवौँ तहको उपप्रबन्धक एक जना, वरिष्ठ इन्जिनियर एक जना, वरिष्ठ व्यापार अधिकृत एक जना, वरिष्ठ लेखा अधिकृत एक जना, टेलिकम इन्जिनियर १० जना, सहायक प्रशासकीय अधिकृत नौ जना र टेलिकम टेक्निसियन नौ जनाका लागि आवेदन माग गरेको छ।

त्यस्तै, चौथो तहका सहायक १७ जना र तेस्रो तहका जुनियर टेक्निसियन १२ जनासहित विभिन्न पदमा गरी कुल ८० जना कर्मचारी माग गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने टेलिकमले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ९:५४ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast