काठमाडौँ– नेपाली बजारमा बिहीबार (कात्तिक १२) सुनको मूल्य बढ्दा चाँदीको घटेको बढेको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै बिहीबार छापावाल सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार ९०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँ थियो । मंगलबार ८०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८२ हजार ३०० रुपैयाँ थियो ।
सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आइतबार ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा थियो ।
प्रकाशित: १२ कार्तिक २०८३ ११:०३ | Thursday, October 29, 2026
प्रतिक्रिया



