काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्।
ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुविरुद्ध एन्फाको घोटाला सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा चलाइएको थियो। तर उनीहरु फरार रहँदै आएका थिए।
बुधबार अदालतमा उपस्थित भएका उनीहरुलाई थुनछेक बयानपछि अदालतले रिहा गर्न आदेश दिएको हो।
प्रकाशित: ११ कार्तिक २०८३ १८:३४ | Wednesday, October 28, 2026
प्रतिक्रिया



