एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै

हिमाल प्रेस ११ कार्तिक २०८३ ७:१६ | Wednesday, October 28, 2026
4
SHARES
एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन्।

यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ।

पोखराको यो प्रतियोगिताको पहिलो खेल हो। गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो।

यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने जित निकाल्दै अंक तालिकामा आफूलाई अगाडि बढाउने रहनेछ।

टोलीले गत कात्तिक ९ गते भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ ७:१६ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast