शिक्षक कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा विभागको यस्तो निर्देशन

हिमाल प्रेस १० कार्तिक २०८३ १३:१९ | Tuesday, October 27, 2026
114
SHARES
शिक्षक कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा विभागको यस्तो निर्देशन

काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ, चितवनले जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुनी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ।

एकाइले जारी गरेको पत्रमा शिक्षा नियमावली, २०५९ को नियम १३३ मा रहेको शिक्षकले पालना गर्नुपर्ने आचारसंहितालाई उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरिएको छ।

पत्रअनुसार शिक्षक तथा कर्मचारीले नेपाल सरकार वा नेपाली जनताको पारस्परिक सम्बन्धमा असर पर्ने गरी विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्ने खालका अभिव्यक्ति, लेख तथा सामग्री प्रकाशन गर्न नहुने व्यवस्था रहेको छ।

त्यस्तै, बेनामी लेख प्रकाशित गर्ने, प्रेसलाई खबर दिने, रेडियो तथा टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट भाषण प्रसारण गर्ने वा सार्वजनिक भाषण दिने कार्यमा समेत कानुनी प्रावधानको पालना गर्नुपर्ने उल्लेख छ।

एकाइले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा जारी निर्देशिका, २०८० को दफा ४ मा उल्लिखित व्यवस्थाविपरीतका गतिविधि नगर्न पनि सचेत गराएको छ। यस्ता गतिविधिका कारण शिक्षक तथा कर्मचारीमाथि विभिन्न माध्यमबाट गुनासो आउने गरेको पत्रमा जनाइएको छ।

निर्देशनमा जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ। साथै, आचारसंहिता पालना नभएको अवस्थामा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) अनुसार आवश्यक नियमन गर्न सकिने पनि उल्लेख गरिएको छ।

पत्र यस्तो छ

प्रकाशित: १० कार्तिक २०८३ १३:१९ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast