विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई

हिमाल प्रेस १० कार्तिक २०८३ १२:३५ | Tuesday, October 27, 2026
8
SHARES
विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको चितवन राइनोज रवि बोपाराको कप्तानीमा खेलिरहेको छ।

यसअघिका खेलमा चितवनको नेतृत्व गर्दै आएका कुशल मल्ल भने आजको खेलमा प्लेइङ ११ मा परेका छैनन्।

विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टस हारेपछि चितवनका कप्तान बोपाराले राम्रो स्कोर बनाएर त्यसको रक्षा गर्ने बताएका छन्।

उनले पछिल्ला ९ खेलमा आफूले टस हारेको बताउँदै भने,‘मैले पछिल्ला खेलहरूमा नौ खेलमा टस हारेको छु। अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं।’

एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोज र विराटनगर किंग्स दुवै टोलीले आज पहिलो खेल खेल्न लागेका हुन्।

प्रकाशित: १० कार्तिक २०८३ १२:३५ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast