एनपीएल ३ को उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै आउट

हिमाल प्रेस ९ कार्तिक २०८३ १८:४१ | Monday, October 26, 2026
2
SHARE
एनपीएल ३ को उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै आउट

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

ओपनर सैफ जैबले १३ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। ब्रान्डन म्याकमुलेन २ तथा शर्फेन रदरफोर्ड १ रनमै आउट भए। स्कट कुगेलिन शून्य रनमै पेबेलियन फर्किए।

म्याकमुलेनलाई किशोर महत्वले बोल्ड गर्दा शर्फेन रदरफोर्ड र स्कट कुगेलिनलाई शेर मल्लले आउट गराए। श्याड्ली भान श्काक्वीकले सैफ जैबलाई पेबेलियन फर्काए।

चौथो ओभरको पहिलो बलमा २४ रन जोड्दा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको त्यसपछि लगातार विकेट पतन भयो। सुदूरपीश्चमलाई धराशायी बनाउन लुम्बिनीका लागि किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए। श्याड्ली भान श्काक्वीक, रोहित पौडेल र तिलक भण्डारीले एक एक विकेट लिए।

शेर मल्लले पहिलो विकेटका रुपमा विनोद भण्डारीलाई व्यक्तिगत ९ रनमा एल्बीडब्ल्यु धरापमा पारे।

अर्को ओभरमा सुदूरपश्चिमले दुई विकेट गुमायो। पाँचौ ओभरको दोस्रो बलमा आरिफ शेखलाई किशोर महत्वले शून्य रनमै क्याचआउट गराउँदा चौथो बलमा २ रन बनाएर ब्रान्डन म्याकमुलेन बोल्ड भए।

पावरप्ले सकिनु २ बल पहिले सैफ जैबलाई श्याड्ली भान श्काक्वीकले पेबेलियन फर्काए। जतिबेला सुदूरपश्चिमले ३४ रन मात्रै बनाएको थियो।

तिलक भण्डारीको बलमा ७ रन बनाएका इसान पाण्डे कप्तान रोहित पौडेलको हातबाट क्याचआउट भए। शेर मल्लको बलमा वेस्ट इन्डिजका शर्फेन रदरफोर्ड पनि १ रनमै क्याचआउट हुँदा स्कट कुगेलिन पनि त्यही ओभरको चौथो बलमा एलबीडब्ल्यु धरापमा परे।

१० ओभरको खेल सहिँदा ७ विकेट गुमाएर ५८ रन मात्रै बनाएको सुदूरपश्चिम त्यसपछि पनि सम्हालिएर ब्याटिङ गर्न सकेन। १३ औँ ओभरको तेस्रो र चौथो ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी र हेमन्त धामीलाई गुमाउन पुग्यो।

व्यक्तिगत २७ रन बनाउँदा दिपेन्द्रलाई बोल्ड आउट गरेका किशोर महतोले अर्को बलमा हेमन्तलाई शून्य रनमै बोल्ड गरे। सुदूरपश्चिमका लागि विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्। एउटा खेलमा एउटा टिमबाट चार जना विदेशी खेलाडी खेलाउन पाइने नियम छ। सुदूरपश्चिमको टिममा रहेका चारै जना विदेशी खेलाडी सस्तैमा आउट भए।

ओपनर सैफ जैबले १३ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। ब्रान्डन म्याकमुलेन २ तथा शर्फेन रदरफोर्ड १ रनमै आउट भए। स्कट कुगेलिन शून्य रनमै पेबेलियन फर्किए।

म्याकमुलेनलाई किशोर महत्वले बोल्ड गर्दा शर्फेन रदरफोर्ड र स्कट कुगेलिनलाई शेर मल्लले आउट गराए। श्याड्ली भान श्काक्वीकले सैफ जैबलाई पेबेलियन फर्काए।

प्रकाशित: ९ कार्तिक २०८३ १८:४१ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast