राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक शनिबार चितवनमा

हिमाल प्रेस ९ कार्तिक २०८३ १०:५८ | Monday, October 26, 2026
60
SHARES
राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक शनिबार चितवनमा

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण भौतिक बैठक आगामी शनिबार चितवनमा बस्ने भएको छ।

समितिले समसामयिक विषयवस्तु, भावी कार्यदिशा तथा सांगठनिक सुदृढीकरणका विषयमा छलफल गरी आवश्यक निर्णय लिन बैठक आयोजना गर्न लागेको हो।

समितिले जारी गरेको सूचनाअनुसार बैठक शनिबार बिहान ११ बजे भरतपुर महानगरपालिका-१० स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा बस्नेछ।

समितिका अनुसार गत कात्तिक ८ गते बसेको पदाधिकारी समितिको अनलाइन बैठकको निर्णयअनुसार अल्पकालीन तथा दीर्घकालीन माग, समसामयिक विषयवस्तु, भावी कार्यदिशा र संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिनेछ।

बैठकमा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी, संरक्षक, सहसंरक्षक, सल्लाहकार समिति संयोजक, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

समितिका महासचिव डम्बर राई र अध्यक्ष वीरेन्द्र मल्लद्वारा जारी सूचनामा बैठकअघि सातै प्रदेशका कार्यसमितिको बैठक बसी अनिवार्य रूपमा उपस्थित हुनसमेत आग्रह गरिएको छ।

समितिले बैठकलाई सफल बनाउन सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई सहयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १०:५८ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast