काठमाडौँ– देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
यसैबीच, केही मौसमविद्ले भने आउँदो शनिबार (कात्तिक १४)सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् ।



