कांग्रेसमा व्यापक एकता कायम भएको छ : प्रदीप पौडेल

हिमाल प्रेस ८ कार्तिक २०८३ २१:२१ | Sunday, October 25, 2026
10
SHARES
कांग्रेसमा व्यापक एकता कायम भएको छ : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए।

‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो’, उनले भने, ‘कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ।’
महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे। कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो।

सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए। रासस

 

प्रकाशित: ८ कार्तिक २०८३ २१:२१ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast