चितवनको बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते

हिमाल प्रेस ८ कार्तिक २०८३ २१:१७ | Sunday, October 25, 2026
8
SHARES
चितवनको बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते

काठमाडौँ– चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १४:५० बजेको समयमा कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जीप अचानक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भण्डारा अस्पताल पठाइएको थियो।

दुर्घटनामा घाइतेमध्ये ७ जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ २१:१७ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast