काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्न बंगलादेशी अलराउन्ड साकिब अल हसन आइतबार नेपाल आइपुगेका छन्।
विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने हसन पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हसनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विश्वका विभिन्न लिगको अनुभव लिइसकेका हसनको आगमनले पोखरा बलियो बनेको छ ।
पोखराले उनीसँगै बंगलादेशकै महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंका धनन्जय लक्षमण र चामिका करुणारत्नेलाई अनुबन्ध गरेको छ ।
पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो । विवेक रानामगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरेको छ ।
यसपटक पोखराले श्रीलंकाका अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।



