काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर युरो, कुवेती दिनारसहितका कतिपय मुद्रा भने सस्तिएका छन्।
शुक्रबार अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो।
आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ। हिजो अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७० रुपैयाँ ५१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर २०२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५२ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ २१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४९१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९२ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।



