१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

हिमाल प्रेस ६ कार्तिक २०८३ १८:३७ | Friday, October 23, 2026
14
SHARES
१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ– तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

तनहुँको भिमाद नगरपालिका-४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ६ कार्तिक २०८३ १८:३७ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast