काठमाडौँ- उपत्यकाको न्यूनतम तापक्रम दिनप्रतिदिन घटिरहेको छ।
यस क्रममा आज (शुक्रबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
हिजो बिहीबार यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो। यस हिसाबले प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको हो।
यद्यपि बिहीबार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: ६ कार्तिक २०८३ ७:३८ | Friday, October 23, 2026
प्रतिक्रिया




