फिल्म कबड्डी ५ आजदेखि हलमा

हिमाल प्रेस ६ कार्तिक २०८३ ७:०१ | Friday, October 23, 2026
8
SHARES
फिल्म कबड्डी ५ आजदेखि हलमा

काठमाडौँ– चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो सिनेमा आजबाट हलमा रिलिज भएको हो ।

चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको छ ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा कलेक्सन गर्ने यसको बुकिङले देखाएको छ । ६० भन्दा बढी शो रिलिजको अघिल्लो दिन नै हाउसफूल भएको यसका कलाकारहरूले स्क्रिनसट सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका छन् ।

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।

सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।

चलचित्रको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका छन् ।

प्रकाशित: ६ कार्तिक २०८३ ७:०१ | Friday, October 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast