विराटनगर किङ्समा आवद्ध भए रसेल

हिमाल प्रेस १ कार्तिक २०८३ १६:१९ | Sunday, October 18, 2026
6
SHARES
विराटनगर किङ्समा आवद्ध भए रसेल

काठमाडौँ- वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्समा आवद्ध भएका हुन्।

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि विराटनगरले रसेललाई टिमा आवद्ध गरेको हो।

टी–२० का लोकप्रिय अलराउन्डर रसेल टिममा आवद्ध भएको विराटनगर किङ्सले जनाएको छ।

जमैकाका विश्वस्तरीय सिम बलिङ अलराउन्डर रसेल १९ वर्षको उमेरमा प्रथम श्रेणी र २२ वर्षको उमेरमा टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। तर, उनी विशेषगरी टी–२० क्रिकेट खेलाडीका रुपमा परिचित छन्। उनलाई विश्वका सबैजसतो फ्रेन्चाइज लिगले आफ्नो टोलीमा आवद्ध गर्न चाहन्छन्।

अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेको पाँच वर्षभन्दा केही बढी समयमै रसेल दुईपटकको टी–२० विश्व विजेता बनिसकेका छन्।

‘हार्ड हिटर’ रसेल मुख्यतया फिनिसरको रुपमा खेल्छन्।

उनी पहिलोपटक जुन २०१० मा आयरलायन्डविरुद्धको ५० ओभरको खेलमा देखाएको प्रदर्शनबाट चर्चामा आएका थिए। त्यो खेलमा उनले ३४ बलमा ६१ रन बनाउनुका साथै ४२ रन दिएर ६ विकेट लिएका थिए।

उनको प्रदर्शन सन् २०१५ को आईपीएलमा सबैभन्दा धेरै चम्कियो। कोलकत्ता नाइटराइडर्सबाट खेल्दै आएका उनी आईपीएलको त्यो संस्करणमा ‘प्लेयर अफ दि सिरिज’ घोषित भए।

उनले आईपीएलका साथै बीबीएल, बीपीएल, पीएसएललगायतका लिग क्रिकेट खेलिसकेका छन्।

प्रकाशित: १ कार्तिक २०८३ १६:१९ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast