सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त

हिमाल प्रेस ३० असोज २०८३ २०:२३ | Friday, October 16, 2026
6
SHARES
सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त

काठमाडौँ- नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्।

भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो।

‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ।

उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ।

यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई नेपालको राजदूत प्रस्ताव गरेको थियो।

बंगलादेशजस्तै नेपालमा पनि भारतले राजनीतिक व्यक्तिलाई राजदूतका रुपमा पठाउने चर्चा चलिरहे पनि परराष्ट्र सेवाका कर्मचारीलाई पठाउने भएको हो।

दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए। उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरू गरेका थिए।

उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु, वाशिङटन डीसीस्थित भारतीय नियोगहरूमा काम गरिसकेका छन्। पछिल्लो समय उनले भुटानको राजदूतका रूपमा जिम्मेवारी सम्हालेका थिए। दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानमा राजदूत थिए।

दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा समेत काम गरेका छन्।

प्रकाशित: ३० असोज २०८३ २०:२३ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast