हाइकिङ गर्ने क्रममा बिरामी परेका राजदूत श्रीवास्तव अझै अस्पतालमा

हिमाल प्रेस २९ मंसिर २०८२ १९:५९ | Monday, December 15, 2025
हाइकिङ गर्ने क्रममा बिरामी परेका राजदूत श्रीवास्तव अझै अस्पतालमा

काठमाडौँ- हाइकिङ गर्ने क्रममा बिरामी परेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अस्पतालबाट अझै डिस्चार्ज भएका छैनन्।

हाइकिङ गर्ने क्रममा अचानक बिरामी परेपछि राजदूत श्रीवास्तवलाई उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

श्रीवास्तवको अस्पतालमा उपचार चलिरहेको दूतावासनिकट स्रोतले जनाएको छ। उनको अवस्था भने सामान्य रहेको स्रोतको भनाइ छ।

‘अहिले अस्पतालमै हुनुहुन्छ, उपचार जारी छ,’ स्रोतले भन्यो,‘डिस्चार्ज गर्नबारे डाक्टरले केही भन्नु भएको छैन, उहाँको स्वास्थ्य अवस्था भने सामान्य छ।’

गत शनिबार काठमाडौँको बाहिरी क्षेत्रमा रहेको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका राजदूत श्रीवास्तव अचानक बिरामी परेका थिए। हाइकिङका क्रममा उनी बेहोस भएका थिए।

त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित: २९ मंसिर २०८२ १९:५९ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast